
काठमाण्डु, २६ फागुन— नेपाली चलचित्र काँडेतार टिमले भोलि आइतबारदेखि देशभर प्रदर्शन बन्द गर्ने निर्णय गरेको छ ।
शनिबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै हल सन्चालकबाट काँडेतार फिल्म प्रदर्शनमा असहयोग भएको भन्दै फिल्मका निर्माता तथा निर्देशक नवल खड्काले देशभर प्रदर्शन बन्द गर्ने घोषणा गरेका छन ।
देशभक्तिपूर्ण भावनाको फिल्म काँडेतार गत शुक्रबारदेखि प्रदर्शनमा आएको थियो ।