गठबन्धन दायाँबायाँ हुँदैन, पाँच वर्ष नै चल्छ: पूर्णबहादुर खड्का

काठमाण्डु टुडे २०८० फागुन १८ गते १४:३२ मा प्रकाशित

काठमाण्डु, १८ फागुन– उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सता गठबन्धन दायाँबायाँ नहुने पुरै पाँचै बर्ष जाने दाबी गरेका छन ।

आज (शुक्रबार) काठमाण्डुमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । उनले बाहिर गठबन्धन तलमाथि हुने हो की भन्ने आशंका पैदा भएपनि गठबन्धन पाँच वर्ष नै निरन्तर चल्ने बताएका छन ।

उनले जनतालाई धोका दिन र कुर्सी तानातानका लागि गठबन्धन नबनेको पनि बताएका छन । उनले आफूले कर्णालीलाई केन्द्रमा पु–याउने कुरा नबिर्सिएको बताए ।

रक्षामन्त्री खड्काले सरकारले आधुनिक स्तरको चलचित्र क्षेत्रलाई आवश्यक परेको स्टुडियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन । उनले भने, ‘बाहिर एउटा हल्ला चलेको छ, भन्दाभन्दै गठबन्धन तलमाथि भएर उहाँ कहाँ पुग्नुहुने हो की भन्ने चिसो परेको छ भने त्यो चिसोबाट मुक्त हुनुहोला । यो गठबन्धन ५ वर्ष चल्छ ।

यो जनतालाई धोका दिनका लागि, कुर्सी तानातानका लागि गठबन्धन बनेको होइन । यो गठबन्धन मूलभूत उद्देश्यसहित सडकदेखि सुरु हुँदै, जनताको बिचमा मत माग्दा मुलुकलाई यसरी अघि बढाउँछौँ भनेर हालका वर्तमान प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र म स्वयं निर्वाचनको बेलामा गएर मत दिनुस्, गठबन्धनलाई बहुमत दिनुस्, नेतृत्व गर्न चाहन्छौँ भनेको हो । कर्णालीलाई केन्द्रमा पु–याउने कुरा बिर्सिएका छैनौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us