गृहकार्य नपुगेको भन्दै माओवादीले गरेन कार्यविभाजन

काठमाण्डु टुडे २०८० फागुन १३ गते १८:२६ मा प्रकाशित

काठमाण्डु,१३ फागुन– नेकपा (माओवादी केन्द्र)ले कार्यविभाजनको विषयमा गृहकार्य नपुगेको भन्दै स्थायी समिति बैठक आइतबार केही समय बसेर सकिएको छ ।

बैठक मंगलबार पुनः बस्ने नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन । उनले भने, ‘कार्यविभाजन र अभियानको गृहकार्यका लागि भनेर बैठक मंगलबार सम्मका लागि सरेको छ, थप गृहकार्यसहित मंगलबार पुनः बैठक बस्नेछ ।’

माओवादी केन्द्रले आगामी १ चैतदेखि सुरु गर्ने भनिएको अभियानलाई मध्यनजर गरी सांगठिनक जिम्मेवारी हेरफेर गर्ने तयारी गरेको उनले बताएका छन ।

गत शुक्रबार बसेको बैठकले यस विषयमा प्रारम्भिक छलफल गरे पनि आज टुंगोमा पुग्ने निर्णय गरेको थियो । माओवादीले विधान अधिवेशनपछि नयाँ अभियानलाई केन्द्रीत गरी प्रदेश इन्चार्जसहित नेताहरूको कार्यविभाजन गर्ने तयारी रहेको उनले जानकारी दिएका छन ।

साथै, यसअघि सम्पन्न चार महिने अभियानमा खटेका कार्यकर्ताको मूल्यांकन गरी सम्मान र कारवाहीको विषयमा पनि माओवादी स्थायी कमिटीले निर्णय गर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us