
काठमाण्डु, ११ फागुन– केपी ओली कप फुटबल च्याम्पियनसिपको दोस्रो संस्करणमा आयोजक टिम केपी ओली एफसीले विजयी सुरुवात विजयी भएको छ ।
एमालेको भातृ संगठन युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको उदघाटन खेलमा केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गरेको हो ।
केपी ओली एफसीका लागि जय गुरुङले २ र फोडे फोफानाले १ गोल गरेका थिए । खेलको ५८ औं मिनेटमा रोहन कार्कीको पासमा फोडे फोफानाले वान बाई वानमा गोल गर्दै केपी ओली एफसीलाई अग्रता दिलाएका हुन् । पहिलो गोलको १० मिनेट पश्चात फोडेकै पासमा जय गुरुङले गोल गरेका हुन् ।
खेलको ७९ औं मिनेटमा चन्दन दासको कर्नरमा पुन जय गुरुङले हेडर मार्फत व्याक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरेका थिए ।