एनसेलले लुटको खेती गरिरहेको छ: जनार्दन शर्मा

काठमाण्डु टुडे २०८० मंसिर २२ गते ११:५५ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– नेकपा (माओवादी केन्द्र)का उप–महासचिव एवं प्रतिनिधि सभाका सदस्य जनार्दन शर्माले एनसेलले लुटको खेती गरिरहेको आरोप लगाएका छन् ।

उनले सन् ०२९ मा एनसेलको स्वामित्व जनताको हुने भएपछि जालझेल सुरु भएको बताएका छन । आज शुक्रबार सामाजिक सञ्जालमा उनले लेखेका छन्–ुजाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षत विक्षत हुँदा, उता एनसेलको सेयर धुली साफ भएछ।

०२९ मा जनताको हुने देखेर स्वामित्व नछोड्ने साजिस रचेर लुटको खेती गरी रहेको छ ।’ उनी पछिल्ले केहि समय यता रुकुम पश्चिममा भूकम्पपछिको पुनर्निर्माणमा खटिइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us