
एजेन्सी–अमेरिकले भारत र पाकिस्तानबीच जारी तनाबको शान्तिपूर्ण समाधान हुनुपर्ने बताएको छ ।
विदेशमन्त्री मार्को रुबिओले शनिबार पाकिस्तानी विदेशमन्त्री इशाक डार र सेना प्रमुख जनरल असिम मुनिरसँगको टेलिफोन संवादमा त्यस्तो बताएका हुन् ।
उनले युद्धको अवस्था आउन नदिन दुवै मुलुकले संयमता अपनाउन जरुरी रहेको औंल्याए ।
उनले समस्याको समाधान युद्धबाट नभई वार्ताबाट खोजिनुपर्नेमा जोड दिए । त्यसका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको उनको भनाइ थियो ।
सीमावर्ती जम्मु–काश्मिर क्षेत्रबाट सुरु भएको तनाब चर्किंदै जाँदा भारतीय र पाकिस्तानी फौजले एकअर्काका सैन्य र सामरिक अखडालाई लक्षित गरी आक्रमण तीव्र पारेका छन् ।