म्याग्दी, २० साउन–म्याग्दीको काली गण्डकी किनारमा नुन खानी रहेको अनुमान गरिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत शिख र नारच्याङ गाविसको सिमानामा पर्ने पाउद्वारमा काली गण्डकीनजिकै नुनिलो पानीको मुहान भेटिएपछि नुन खानी भएको आशंका गरिएको हो ।
तातोपानी संरक्षण समिति सदस्य पूर्णबहादुर पुनले नुन खानी भएको अनुमानमा अनुसन्धान थालिएको बताए ।
नुनिलो पानी भएको स्थान नजिकै जमिनमाथि नुनजस्तै सेतो पदार्थ देखिएको छ ।