सिन्धुपाल्चोक पहिरो: शव भेटिए, किरिया गर्ने भेटिएनन्

काठमाण्डु टुडे २०७१ साउन २० गते २:१४ मा प्रकाशित

काठमाण्डु, २० साउन– सीमा नाका तातोपानीमा बसेर खासा व्यापारीको सहयोगीको काम गर्दै आएका बुद्ध तामाङ हरेक शुक्रबार घर आउँथे ।
uddar-2दुई रात परिवारसँग बिताएर र्फकन्थे । दस वर्ष यसरी नै बित्यो । त्यो शुक्रबार भने उनी घर र्फकन पाएनन् ।
‘गाडी पाइएन, आज घर आउन नसक्ने भएँ,’ कालुले बेलुकी श्रीमती कान्छीलाई फोन गरेर भने । ‘कोदो रोप्नु छ, भोलि  बिहानसम्म त जसरी भए पनि आउनु,’ कान्छिले आग्रह गरिन् । ‘ल ल हुन्छ, आउँला’ कालुले आश्वासन दिए ।
कालुको जिन्दगीको घाम कहिल्यै नउदाउने गरी अस्तायो । कालुजस्तै राम लामा पनि यसैगरी लुटिएका छन् । पहिरोले सुनकोसी थुनेर आएको यो अवस्थाबाट आफूहरुको जीवनमा त्यो भन्दा भयानक पहिरो जान्छ भन्ने उनीहरुलेकहिल्यै सोचेका थिएनन् ।

प्रहरीले पहिरोमा परेकाहरुको उद्दार कार्य जारी राखेको छ । पहिरोमापरेकाहरुको उद्दार गर्दा अहिलेसम्म ३३ जनाको शव भेटिएको छ । शव भेटिए पनि उनीहरुको लागि रोइदिने र काजकिरिया गर्ने कोही भेटिएका छैनन् ।
पहिरोमा परेर सबै आफन्त हराएकाले मृतक भेटिएकाको पनि सनाखत गर्ने र अन्तिम संस्कार गर्ने कोही नभेटिएको हो ।

नागिरक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us