काठमाण्डुमा ट्राफिक चेकिङ कडा

काठमाण्डु टुडे २०८० कार्तिक २८ गते १५:०८ मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक– काठमाण्डु उपत्यकामा ट्राफिक जेकजाँच कडा पारिएको छ ।

तिहार लक्षित सुरक्षा योजनाअनुरुप मादकपदार्थ सेवनका कारण हुनसक्ने दुर्घटना रोक्न चेकजाँचमा कडाई गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

पूर्वनिर्धारित कार्ययोजना अनुरूप कडा चेकजाँच भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनले मापसे गरी सवारी चलाउने दर्जनौंलाई पक्राउ गरिएको बताए । यस्तै क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गर्ने सवारी चालक र सवारी साधनलाई उच्च निगरानीमा राखिएको भट्टले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us