दाङमा गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

काठमाण्डु टुडे २०८० कार्तिक २५ गते १४:३८ मा प्रकाशित

दाङ, २५ कातिक– दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–७ हर्नियाका जुगारु चौधरी रहेका छन ।

बिहीबार सशस्त्र प्रहरी जवान चौधरीको स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला शिकार खेल्न गएका शेरबहादुर केसीले चलाएको गोलीको छर्रा छातीमा लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले जानकारी दिएका छन ।

चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित शनिबार प्रकाउ गरेको डीएसपी मल्लले जानकारी दिएका छन ।

मृतक चौधरी सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर तौलिहवा कपिलवस्तुमा गणमा कार्यरत रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us