झलनाथ खनालको निवासमा अनेरास्ववियूको देउसी भैलो

काठमाण्डु टुडे २०८० कार्तिक २५ गते १४:३३ मा प्रकाशित

काठमाण्डु, २५ कातिक– पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निवासमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले देउसी भैलो खेलेको छ ।

शनिबार सो संगठनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित विद्यार्थीको सहयोगार्थ खनाल निवासमा देउसी भैलो कार्यक्रमको आयोजना गरेको हो ।

देउसी भैलो कार्यक्रममा एकीकृत समाजवादीका नेताहरु खनाल, रामकुमारी झाक्री लगायतको उपस्थिति रहेको थियो ।

सो संगठनले देउसी भैलोमा संकलित रकम भूकम्प पीडित विद्यार्थीलाई उपलव्ध गराउने एक विध्यार्थी नेताले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us