१२ बुँदे सम्झौता पक्षधर एकताबद्ध हुनुपर्छ: माधव नेपाल

काठमाण्डु टुडे २०८० कार्तिक २१ गते १६:२७ मा प्रकाशित

काठमाण्डु, २१ कातिक– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १२ बुँदे सम्झौताका पक्षधरहरु एकतावद्ध हुन आवाश्यक रहेको बताएका छन ।

उनले १२ बुँदे सम्झौताका पक्षधरहरु एकतावद्ध भएमात्रै वर्तमान व्यवस्थालाई अघि बढाउन सकिने बताएका छन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा आफ्नो धारण राख्ने क्रममा हेका नेपालले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिले गठबन्धनमा खटपटको कुरा गर्ने बेला होइन, यो सरकारले अहिले गरिरहेका राम्रा कामलाई अझै बढाउन सकोस् भन्ने कुरामा हाम्रो ध्यान जानुपर्छ , भुकम्पबाट पीडित भएका जनताको उद्धार र राहतको काममा सरकार लागिरहेको पनि छ, पार्टीहरुले पनि सहयोग गरेका छन् ।

हामीले पनि आजै २५ लाख सहयोग गरेका छौ ।’ उनले समस्या र जनताका चाहानाका साथै यो व्यवस्थालाई बलियो बनाउने बारेमा १२ बुँदे विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका पार्टीहरु एकै ठाउँमा दृढताका साथ उभिएर व्यवस्थालाई अघि बढाउँदै लैजानुपर्ने पनि बताएका छन ।

साथै उनले आफू नेतृत्वको टोली आजै साँझ चीन भ्रमणमा जान लागेको र त्यसक्रममा चिनियाँ कम्युनिस्ट पार्टी लगायत विभिन्न पार्टीसँग अन्तरक्रिया गर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us