संखुवासभा, १९ साउन-संखुवासभाको स्याबुन गाविसमा गएराति गएको पहिरोमा पुरिएर बालकसहति चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एकै परिवारका कृर्तिमान कोइराला, उनकी श्रीमति रेविमाया, छोरी तुलसी र छिमेकी १० वर्षीय प्रज्वल कोइराला रहेको संखुवासभा प्रहरीले जनाएको छ ।
स्याबुन–३ फच्याङ गाउँमा गएको पहिरोमा ३ घरपरिवार पुरिएका हुन् । अबिरल वर्षासँगै आइतबार राति १२ बजेको समयमा गाउँमाथिबाट खसेको पहिरोले ती घर बगाएको हो ।
घटनास्थल सदरमुकाम खाँदबारीबाट दक्षिण पाँच घण्टाको पैदल दूरीमा पर्छ । उद्धारका लागि सदरमुकामबाट सेना, प्रहरी र सशस्त्र प्रहरीको ७७ जनाको टोली घटनास्थलतर्फ गएको छ ।
पहिरोमा मेयरमान कोइराला, उनी श्रीमती र पूर्ण कोइरालाका घरमा सुतेका ५ जना तथा पूर्ण कोइरालाको घरमा पाहुना आएका २ जना पुरिएको प्रहरी नायव उपरीक्षक कमल थापाले बताए ।