सिन्धुपाल्चोक, १९ साउन– सिन्धुपाल्चोकको माङखा गाविसको जुरेमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएकाको खोजी तीव्र पारिएको छ ।

डोजर र स्काभेटरको मद्धतले पहिरो पन्छाएर हराएकाको खोजी गरिने प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
जिवितै भेटिने आशाका कारण आइतबारसम्म डोजर नलागाइएको भए पनि अब उनीहरु जिवित भेटिने सम्भावना कम हुँदै गएको पराजुलीले बताए । पहिरोले माङखा र राम्चेका ५२ परिवारका करिब डेढ सयजना बेपत्ता छन् ।
उद्धारका क्रममा हिजो थप एक बालिकाको शव फेला परेको थियो । पहिरोले सुनकोसी नदी थुनिएर बनेको तालले निकास नपाउँदा उद्धारकार्य प्रभावित भएको छ । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।