प्रहरीका सईले गरे ५ किलो सुन डकैती

काठमाण्डु टुडे २०७१ साउन १९ गते २:१४ मा प्रकाशित

काठमाण्डु, १९ साउन– काठमाण्डुमा नेपाल प्रहरीका एक नायव निरीक्षक ‘सई’ ले पाँच किलोग्राम सुन डकैती गरेका छन् ।
सुन डकैतीको आरोपमा एक सइ पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत सई विजयप्रताप शाह सुनसहित पक्राउ परेका हुन् ।

डकैती गरेको सुन उनले बिक्री गरेको प्रहरीले जनाएको छ । केही दिनअघि पनि २ किलो सुन लुटेको आरोपमा कालिमाटी वृत्तका प्रहरी जवान पक्राउ परेका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआइबी’ले शाह र सुन किन्ने महाबौद्धका सुन व्यापारी भीससेन श्रेष्ठसहित ६ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गत २१ जेठमा उनीहरुले रन्जना गल्लीबाट सुन लुटेका थिए । प्रहरीले उनीहरुको साथबाट १ सय ५० ग्राम मात्र सुन बरामद गरेको छ । त्यस्तै १९ लाख रुपैयाँ बरामद गरेको छ । नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us