गौतम बुद्ध नेपालमै जन्मिएका हुन्: मोदी

काठमाण्डु टुडे २०७१ साउन १८ गते १२:३६ मा प्रकाशित

काठमाण्डु, १८ साउन– भारतीय पक्षले बेलाबेलामा गौतमबुद्ध भारतमा जन्मेको प्रचार गर्दै आएको छ ।
modiत्यसका लागि उसले भारतमा नक्कली लुम्बिनीसमेत खडा गरेको छ । तर, नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्वका साथ गौतम बुद्ध नेपालमा जन्मिएको बताए ।

व्यवस्थापिका–संसदलाई आइतबार सम्बोधन गर्दै उनले गौतम बुद्धले जन्म लिएको नेपाल विश्व शान्तिको केन्द्र भएको उल्लेख गरे । ‘नेपाल बुद्ध जन्मेको देश हो’, मोदीले भने, ‘नेपालबाट तपाईंहरु सस्त्रले होइन, शास्त्रले शान्ति आउँछ भन्ने सन्देश दिन सक्नुहुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us