मोदीको अगाडि ‘स्मार्ट’ बनेको भन्दै मिनेन्द्रलाई थर्काए सुशीलले

काठमाण्डु टुडे २०७१ साउन १८ गते १४:३० मा प्रकाशित

काठमाण्डु, १८ साउन– प्रधानमन्त्री सुशील कोइरालाले सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई नराम्ररी ‘थर्काए’ का छन् ।

minendra 1
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने क्रममा पटकपटक आफ्नो पाखुरामा समातेर तानेको भन्दै कोइराला रिजालसँग झोक्किएका हुन् । ‘तपाईंले मोदीको अगाडि मेरो कोट समातेर किन तान्नुभयो’, रिजाललाई हपारेको देखेका कोइरालाका एक सहयोगीले भने, ‘यो ठीक भएन, तपाईं ‘ओभरस्मार्ट’ बन्न खोज्नुभयो ।’

minendra 2

ती सहयोगीका अुनसार भारतीय समकक्षीका अगाडि आफ्नै मन्त्रिपरिषदका सदस्यले गरेको त्यस्तो व्यवहारबाट कोइराालले अपमानित महसुस गरेका छन् ।

ती सहयोगीका अनुसार रिजालले आफूले अपमान नभई मोदीलाई छेकेकाले सहयोग मात्र गरेको जवाफ दिएका थिए ।
मोदीलाई कोइरालाले पुष्पगुच्छा दिएर स्वागत गरेदेखि मोदी कारगेटमा नचढेसम्म रिजालले पटकपटक कोइरालाको कोटमा समातेर तानेका थिए ।

minendra 3

minendra 4

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us