मोदी भ्रमणका बेला बिदाको हल्ला निराधार

काठमाण्डु टुडे २०७१ साउन १८ गते १:४५ मा प्रकाशित

काठमाण्डु, १८ साउन– सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला दुई दिन सार्वजनिक बिदा दिएको भन्ने हल्ला निराधार भएको सरकारले स्पष्ट पारेको छ ।

सरकारका प्रवक्ता एवम् सुचना तथा सन्चारमन्त्री मिनेन्द्र रिजालले दुई दिन सार्वजनिक बिदा भनेर सञ्चार मामाध्यममा आएपछि त्यसको खण्डन गरेका हुन् ।

हिजो विभिन्न सन्चार माध्यमले भ्रमणको बेला सरकारले दुई दिन सार्वजनिक बिदा दिएको समाचार प्रकाशन र प्रसारण गरेका थिए ।

मोदी भ्रमणको बेला भन्दै केही विद्यालयले भने बिदा दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us