नेम्वाङको सम्मानमा शोक प्रस्ताव पारित गरेर राष्ट्रियसभा बैठक स्थगित

काठमाण्डु टुडे २०८० भदौ २८ गते १५:४७ मा प्रकाशित

काठमाण्डु, २८ भदौ– संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभा बैठक स्थगित भएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
राष्ट्रियसभा बैठक आगामी असोज १२ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।
बैठकमा नेम्वाङको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण समेत गरिएको थियो ।

नेम्वाङको संसदीय यात्राको सुरआत नै राष्ट्रियसभाबाट भएको थियो । नेम्वाङ २०४८ सालमा राष्ट्रियसभा सदस्य थिए ।

सोमबार निधन भएका एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको बिहीबार राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us