विद्यालयका प्रधानाध्यापक सूघसहित पक्राउ

काठमाण्डु टुडे २०८० भदौ २६ गते २०:३० मा प्रकाशित

बर्दिया, १६ भदौ– बर्दियामा विद्यालयका प्रधानाध्यापक घूससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले राजापुर नगरपालिका–भिस्मापुरस्थित सरस्वती बाल प्रथामिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई १४ हजार ५ सय घूस रकमसहित मंगलबार पक्राउ गरेको हो ।

अख्तियार प्रवक्ता भोला दाहालले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग शिक्षकले घूस मागेको बताए ।

अख्तियारले नियन्त्रणमा लिएर उनीमाथि थप छानबिन अघि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us