धरानका उपमेयरको घरमा तोडफोड

काठमाण्डु टुडे २०८० भदौ २६ गते २०:१९ मा प्रकाशित

धरान, २६ भदौ–धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको निवासमा अराजक समूहले तोडफोड गरेको छ ।

बेघाको धरान–१५ खिरिया बस्तीस्थित निवासमा रहेको बेघाको घरमा केही अराजक व्यक्तिले तोडफोड गरेको प्रहरीले जनाएको छ ।

तोडफोडबाट घरको झ्यालका सिसा फुटेका छन् । घटनाबारे तत्काल जानकारी गराउँदासमेत प्रहरी समयमै नआएको गुनासो बेघाले गरेका छन् ।

उपमेयरको घरमा तोडफोड हुँदासमेत समयमै प्रहरी नआउनुले धरानको शान्ति सुरक्षाको अवस्था चुनौतीपूर्ण बनेको उनले बताए ।

यसैबीच सुनसरी प्रहरी प्रमुख एसपी विपीन रेग्मीले उपमेयर बेघाको घर तोडफोडमा संलग्नको खोजीमा प्रहरी परिचालन गरिसकिएको बताए ।

खबर पाउने बित्तिकै प्रहरी नगएको विषयमा समेत छानबिन हुने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us