डोल्पामा एउटा शव भेटियो, हराइरहेका सैनिक मेजरको हुन सक्ने आशंका

काठमाण्डु टुडे २०८० भदौ २६ गते १६:५३ मा प्रकाशित

डोल्पा, २६ भदौ–डोल्पामा एउटा बेवारिसे शव फेला परेको छ ।
शव दुई साताभन्दा बढी समयदेखि हराइरहेका नेपाली सेनाको नन्द बक्स गुल्मका

गुल्मपति मेजर विनय पण्डितको हुन सक्ने आशंका प्रहरीको छ । त्रिपुरासुन्दरी नगरपालिकाको खदाङमा मंगलबार बिहान एउटा शव भेटिएको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले बताए ।

डोल्पा प्रहरी प्रमुख डिएसपी शिव बुढाथोकी नेतृत्वको प्रहरी टोलीले शव सदरमुकाम दुनै ल्याउँदैछ ।

शव पहिचानका लागि पण्डितका बाबुलाई लगिएको प्रजिअ पोखरेलले जनाए । पण्डित गत १० भदौदेखि एकाएक बेपत्ता छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us