हाम्रो मियो ढल्योः एमाले सचेतक

काठमाण्डु टुडे २०८० भदौ २६ गते ८:२७ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– एमाले संसदश्रय दलका सचेतक महेश बर्तौलाले आफ्ना उपनेता सुवास नेम्वाङको निधनसँगै ‘मियो ढलेको’ बताएका छन् ।

सामाजिक सञ्जालमामार्फत उनले आफूहरुले अभिभावक र मियो गुमाएको बताए । ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं । कहिल्यै बिर्सने छैनौं । आदरणीय नेता सुवास नेम्वाङ ज्यू’, बर्तौैलाले लेखेका छन् । एमाले उपाध्यक्षसमेत रहेका
नेम्वाङको गएराति १ बजे हृदयघातका कारण निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us