सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो खस्यो

काठमाण्डु टुडे २०८० भदौ २५ गते १५:१८ मा प्रकाशित

सिन्धुपाल्चोक, २५ भदौ– सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो गएको छ ।

जुरेमा सोमबार बिहान सुख्खा पहिरो खसेको सिन्धुपाल्चोकका एसपी बालनरसिंह राणाले जानकारी दिए । राणाका अनुसार बलेफी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको सीमा क्षेत्रमा पहिरो खसेको हो ।

राणाका अनुसार पहिरोबाट कुनै मानवीय र भौतिक क्षति भएको छैन । जुरेमा २०७१ साउन १७ गते ठूलो पहिरो गएको थियो । त्यतिबेला सुनकोशी नदी १८ घण्टासम्म थुनिएर जलासय बनेको थियो ।

पहिरोमा परेर १ सय ४५ जनाले ज्यान गुमाएका थिए । सानीमा र सुनकोशी हाइड्रोपावरको ड्याम क्षतिग्रस्त भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us