
काठमाण्डु, २४ भदौ- पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्याका कारण पूर्वराष्ट्रपति यादव वीर अस्पतालको भिआईपी कक्षमा भर्ना भएका हुन् । यसैबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । यादवलाई उपचारका लागि थप केही दिन अस्पतालमा राखिने अस्पतालले जनाएको छ ।