
काठमाण्डु, २४ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालमया भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत नेता सहभागी थिए ।
३० भदौमा राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जाने प्रधानमन्त्री ५ असोजमा उतैबाट चीन भ्रमणमा जाने तयारी छ ।