
नेपालगञ्ज, २३ भदौ– बाँकेमा बस दुर्घटना हुँदा चालकसहित ७ जनाको मृत्यु भएको छ ।
दाङबाट बर्दिया जाँदै गरेको ना७ख २३२१ नम्बरको बस शुक्रबार राति राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा ट्रकमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । गुडिरहेको बस सडकमा रोकिराखेको ना८ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किएको थियो ।
बाँके प्रहरीका डिएसपी नारायण डाँगीका अनुसार मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका–३ का ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीय काशिराम थारू, ५० वर्षीया रूपा परियार र ४० वर्षीया जयन्ती थारू छन् ।
मृतक तीन जनाको परिचय नखुलेको डाँगीले बताए । प्रहरीका अनुसार बसमा ४१ यात्रु सवार थिए । बेतनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरद्वारबाट दाङ घुम्न आएकाहरु सबार बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा अरु २८ घाइते छन् । घाइते सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइहरेको छ ।