एमालेबारे बोल्न प्रचण्डलाई रोक !

काठमाण्डु टुडे २०८० भदौ १६ गते १७:१६ मा प्रकाशित

बुटवल, १६ भदौ– एमाले उपाध्यक्ष विष्णु पौडेलले एमालेको भविष्यवाणी नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् ।
एमालेको लुम्बिनी प्रदेश अधविशनलाई शनिबार सम्बोधन गर्दै उनले एमालेको भविष्यबाणी नगर्न चेतावनी दिएका हुन् । एमालेबारे भ्रम फैलाएर आफू बलियो होइन्छ भन्ने नठान्न पौडेलले आग्रह गरे ।

बिहीबार सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै प्रचण्डले एमाले धाँजा फाटेको र नेता कार्यकर्ताको ठूलो समूह विष्फोटमा हुने भवस्थामा रहेको भन्दै उक्त पार्टी विभाजित हुने दाबी गरेका थिए ।

पौडेलले विगतदेखि नै एमालेलाई कमजोर मात्र नभई समाप्त पार्ने प्रयास गरिएको भए पनि एमाले ती सबै प्रयास विफल पार्दै अघि बढेको बताए ।

पौडेलले प्रदेश अधिवेशनमा आफ्नो र महासचिव शंकर पोखरेलको गुटगट प्रतिस्पर्धा हुने भन्ने समाचारमा विश्वास नगर्न कार्यकर्तालाई आग्रह गरे ।

‘हाम्रो कुनै गुट छैन, रंगीन समाचारबाट कोही पनि तरंगित नहुनुहोला ।’ उनले नीगित रुपमा एमालेमा कुनै विवाद नरहेको र अध्यक्ष केपी ओलीको नेतृत्वमा एकताबद्ध रहेको बताए । पौडलले आगामी ०८४ को आमनिर्वाचनमा एमालेलाई पहिलो पार्टीका रुपमा स्थापित गराउने गरी परिचालित हुन पार्टी पंक्तिलाई आग्रह गरे ।

वर्तमान सरकारले अर्थतन्त्र र अरु समस्या समाधान गर्न नसक्ने पौडेलले दावी गरे । उनले मुलुकको समृद्धि र विकासका लागि २०८४ को चुनावमा एमालेलाई पहिलो पार्टी बनाउने गरी एकतावद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us