जनतामा अब केही हुन्छ भन्ने आशा पलाएको छः प्रचण्ड

काठमाण्डु टुडे २०८० भदौ १६ गते १०:११ मा प्रकाशित

काठमाण्डु, १६ भदौ– प्रधानमन्त्रीसमेत एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दल मुलकको बलियो शक्तिका रुपमा स्थापित हुने बताएका छन् ।

जनतासँग माओवादी विषेश रुपान्तरण अभियानको पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडाबाट शनिबार भर्चुअल उदघाटन गर्र्दै उनले सरकारका राम्रा कामबाट पार्टी देशको सबैभन्दा बलियो शक्ति बन्ने दाबी गरे ।

आफ्नो नेतृत्वको वर्तमान गठबन्धन सरकारले इतिहासमै राम्रो काम गरेको दाबी गर्दै उनले राजनीतिक दल र नेतृत्वप्रति जनतामा विद्यमान निराशालाई आशामा परिणत गराएको दाबी थरे ।

‘जनतामा अब केही हुन्छ भन्ने आशाको रक्तसञ्चार गराएको छ’, उनले भने, ‘भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन तस्करी प्रकरणलगायतका घटनामा भएका निष्पक्ष छानबिन र कारबाहीले जनतामा उत्साह आएको छ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us