
काठमाण्डु, १५ भदौ– पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।
शाहलाई शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको हो । शाहको छातीमा समस्या देखिएको अस्पतालले जनाएको छ । अत्याधिक छाती दुखेको भन्दै पारसलाई उनका शुभेच्छुकले अस्पताल लगेका थिए ।
यद्यपि स्वास्थ्यमा गम्भीर समस्या भने नभएको बुझिएको छ । पारसलाई केही वर्षअघि हृदयघात भएको थियो । त्यसयता उनी मुटुको नियमित औषधि सेवन गरिरहेका छन् ।
यसैबीच पारस भेट्न पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल तथा पत्नी हिमानी अस्पताल पुगेका छन् ।