नेपालले चीन र भारतलाई भन्योः हाम्रो नक्साको सम्मान गर

काठमाण्डु टुडे २०८० भदौ १५ गते २०:०३ मा प्रकाशित

काठमाण्डु, १५ भदौ– नेपालले संसदद्वारा पारित चुच्चे नक्साको सम्मान गर्न छिमेकीहरुलाई आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालको संसदले सर्वसम्मतिबाट स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सालाई छिमेकीले सम्मान गर्नु पर्ने स्पष्ट गरेको हो ।

चीनले केही दिनअघि जारी गरेको आफ्नो नक्सामा नेपालको लिम्पियाधुरा र लिपुलेक भारतमा देखाएको छ । ‘नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार विश्वास गर्छ’, विज्ञप्तिमा भनिएको छ ।

छिमेकीसँगका सीमा विवाद वार्ता र कूटनीतिका माध्यमबाट समाधान गर्न प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us