सुनसरी, ९ भदौ– सप्तकोशीमा पानीको सतह बढेपछि ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन् ।
कोशीमा पानीको बहाव तीन लाख ८० हजार ८ सय १५ क्युसेक पुगेपछि ब्यारेजका सबै ढोका खोलिएको हो ।
स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन भनेको छ ।