गाउँपालिका अध्यक्ष जुवाखालबाट पक्राउ

काठमाण्डु टुडे २०८० भदौ ८ गते १६:३९ मा प्रकाशित

पोखरा, ८ भदौ– प्रहरीले मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनलाई जुवाखालबाट पक्राउ गरेको छ ।

५८ वर्षीय लालचनसहित ७ जुवाडे पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । उनीहरुको साथबाट ४ लाख ४७ हजार रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

कास्की प्रहरी प्रमुख अजय केसीले उनीहरुलाई पोखरा–८ सिर्जनाचोकस्थित एक होटलमा जुवा खेलिरहेका बेला पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा अन्यमा होटल सञ्चालक मुस्ताङ घरपझोङ गाउँपालिका–२ का इन्द्रबहादुर कार्की, नवीनप्रसाद थकाली, पोखरा सिर्जनाचोकका शंकर ज्वारचन, महेन्द्रपुलका ५३ गुञ्ज हिराचन र दलबहादुर हिराचन छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us