
काठमाण्डु, ८ भदौ– माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको फेसबुक पेज ह्याक भएको छ ।
‘जनार्दन शर्मा प्रभाकर’ नाम गरेको फेसबुक पेज ह्याक भएको हो । उक्त पेजमा ४ लाख १२ हजार फलोअर्स थिए ।
केही दिनयता ह्याक भएको पेज आफ्नो स्वामित्वमा फर्काउने प्राविधिक टिम सक्रिय रहेको जाकनारी शर्माले दिएका छन् ।
शर्माले ह्याकर द्वारा पेजमा असान्दर्भिक र अनाधिकृत पोष्ट हुन थालेको बताए । त्यस्ता पोष्टबाट सचेत हुन उनले सबैमा
आग्रह गरेका छन् ।