
काठमाण्डु, ८ भदौ– उच्च अदालतल विराटनगरले धरानका मेयर हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जर्बजस्ती प्रवेश नगर्न आदेश दिएको छ ।
न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले व्यक्तिको जमिनमा जबर्जस्ती नगर्न आदेश दिएको हो । साम्पाङले
धरान– ४ छोटी मोरङ डाँडास्थित रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा बिरुवा रोपेका थिए ।
आफ्नो जग्गामा जबर्जस्ती बिरूवा रोपेको भन्दै अधिकारी दम्पती अदालत गएका थिए ।
यसअघि ११ साउनमा उच्चले मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त जग्गामा अनधिकृत रूपमा प्रवेश नगर्न र वृक्षारोपण नगर्न आदेश दिएको थियो ।
मेयर राईले अदालतले आदेश नमान्ने बताइसकेका छन् । राईले उल्टै अधिकारी दम्पत्तिलाई कारबाही माग गर्दै प्रहरीमा उजुरी दिएका थिए ।