कोशीका मुख्यमन्त्रीविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

काठमाण्डु टुडे २०८० भदौ ७ गते १३:०७ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धथ थापाविरुद्धको रिट निवेदनमाथि न्यायाधीश ईश्वर खतिवडाको इजलासमा सुनुवाई हुने भएको छ ।

एमाले कोशी प्रदेशका नेता हिक्मतबहादुर कार्की र प्रमुख सचेतक रेवतीरमण भण्डारीले असंवैधानिक रुपमा विश्वासको मत लिएका थापालाई बर्खास्त गरी सभाको सबैभन्दा ठूलो दलको नेताका रुपमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने क्रममा सभामुखको सभाध्यक्षको भूमिकामा रहेका सदस्य कांग्रेसका इस्राइल मन्सुरीले पनि मत दिएका थिए ।

अध्यक्षता गरेका सदस्यले मत दिनु असंवैधानिक भन्दै एमाले सांसदले त्यतिबेलै बेल घेराउ गरी नाराबाजी गरेका थिए ।

‘सोमबार मत विभाजनको हस्ताक्षर गर्ने क्रममा समायवधि सकिसकेको अवस्थामा सभाध्यक्षको आसनबाट इस्राइल मन्सुरीले गरेको हस्ताक्षसमेत जोडी ४७ पुर्‍याएको कार्य गैरकानुनी छ’, रिटमा भनिएको छ, ‘त्यो बदर गरी पाऊँ ।

संविधानको धारा १६८ (३) बमोजिम तथा सर्वोच्चबाट यसअघि नै भएको आदेशबमोजिम मुख्यमन्त्री नियुक्त गर्न आदेश गरी पाऊँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us