आज यी ६ प्रदेशमा भारी वर्षा

काठमाण्डु टुडे २०८० भदौ ७ गते ७:३६ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– आज पनि देशभर भारी वर्षाको सम्भावना छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा माथि रहेकाले वर्षाको सम्भावना अधिक छ । नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभावले देशभरको मौसममा आंशिक देखि सामान्य बदली हुने मौसमविदले जनाएका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा बिहानैबाट हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेकाले सर्त रहन महाशाखाले आग्रह गरेको छ

भारी वर्षा हुने क्षेत्रहरूबाट बहने नदीमा जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महशाशाखाले अनुरोध गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us