पेस्तोलसहित युवक पक्राउ

काठमाण्डु टुडे २०७१ साउन १६ गते ११:०१ मा प्रकाशित

दाङ , १६ साउन – दाङमा प्रहरीले अर्धस्वचालीत पेस्तोलसहित एक युवालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दिउसो २ बजे तुलसीपुर १० हेरेबास निवासी २५ बर्षीय केशर बिसिलाई पक्राउ गरेको हो ।

बिशेष सुराकीका आधारामा इलाका प्रहरी तुलसीपुर र जिल्ला प्रहरिको संयुक्त प्रयासमा हतीयार बेचबिखन गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसी ओम बहादुर राणाले जानकारी दिए ।

द्धन्दकालमा घरमा कुनै व्यक्तिले छाडेको पेस्तोल प्रयोग गरेको उक्त युवकले बताएको प्रहरीले जानकारी दिएको छ ।

पेस्तोल सहित त्यस्मा प्रयोग हुने गोलीको खोका समेत फेला पारिएकोे छ । पक्राउ परेको युबकको बारेमा थप अनुसन्धान भैरेको प्रहरीले बताएको छ ।

घनश्याम बुढाथोकी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us