प्रधानमन्त्रीका कारण वीरमा पदाधिकारी नियुक्तिमा ढिलाई : स्वास्थ्यमन्त्री

काठमाण्डु टुडे २०७१ साउन १६ गते ९:४८ मा प्रकाशित

काठमाण्डु ,१६ साउन – स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा प्रधानमन्त्रीको कारण पदाधिकारी नियुक्ति हुन नसकेको खुलासा गरेका छन् ।

khagaraj-adhikariरिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री अधिकारीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सिफारिश समितिले उपकुलपतिका लागि तोकिएकै समयभित्र कानुनसम्मत ढंगले नाम सिफारिश गरेता पनि प्रधानमन्त्री सुशिल कोइरालाले अनुमोदन नगर्दा पदाधिकारी नियुक्तीमा ढिलाई भएको जिकिर गरेका छन् ।

उनले भने–सिफारिश समितिमा म सहकुलपतिको हैसियतले पदेन सदस्य र प्रधानमन्त्रीले तोकेका दुई सदस्य सहितको समितिले गरेको सिफारिशलाई अनुमोदन नगर्दा आफू आश्चर्यमा परेको छु । मन्त्री अधिकारीले आक्रोश पोख्दै प्रधानमन्त्रीले किन अनुमोदन गर्नुभएन भन्नेवारे आफू बेखवर रहेको बताए ।

साक्षात्कारमा मन्त्री अधिकारीले उपकुलपती नियुक्तीमा ढिलाई हुँदा अन्य पदाधिकारीको नियुक्तीमा पनि ढिलाई भएको जिकिर गर्दै उपकुलपति नियुक्ती भएको दुई दिनभित्रै सवै पदाधिकारीको नियुक्ती गर्ने उद्घोष समेत गरेका छन् ।

उनले भने–राष्ट्रिय रुपमा नै ख्यातिप्राप्त वीर अस्पताल अहिले यही कारणले ११ दिनदेखि आवासीय चिकित्कहरुको हड्तालका कारण बन्द छ । आन्दोलनकारीको माग पूरा गर्ने पक्षमा म छु । त्यसका लागि मैले तत्काल नै ‘सिटि स्क्यान र एमआरआई’ खरिद गर्न निर्देशन दिइसकेको छु ।

मलाई आशा छ, केही दिनभित्रै हामी यी साम्रागी ल्याउने छौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आँफैमा स्वायत्त निकाय भएको बताउँदै सहमती र सहकार्यमा नै मागको व्यवहारिक पक्षबाट समाधान गर्ने विश्वास व्यक्त गरे ।

मन्त्री अधिकारीले आईतबारबाट हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा आफूहरुले स्वास्थ्य सेवाको विकास र विस्तारका लागि सवै खाले सहयोगको संभाव्यतावारे छलफल गर्ने बताउँदै भारतीय सहयोगमा निर्माणधिन नेपाल–भारत मैत्री ट्रमा सेन्टरको निरिक्षण समेत गराउने विश्वास व्यक्त गरे ।

यस विषयमा पनि मैले पराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई समेत जानकारी गराउँदै सार्थक वार्ताका लागि पहल गरिदिन समते आग्रह गरेको मन्त्री अधिकारीले बताए ।
उनले भने–हामी यो ट्रमा सेन्टरलाई तत्काल सञ्चालन गर्नको लागि पनि भारतीय प्रधानमन्त्री मोदीजी आएको वेला यो कुरा उठाउँछौं ।

मन्त्री अधिकारीले सरकारी अस्पताललाई भरपर्दो बनाउन पनि भारतसंग सहकार्य गर्ने बताउँदै मोदीको भ्रमणमा स्वास्थ्य सम्बन्धी टोकन अफ लभ का रुपमा केही दिउन भन्ने लागेको बताए । उनले भने–मोदी सार्क शिखर सम्मेलनका लागि नेपाल आउँदा हामी उहाँको उपस्थितिमै ट्रमा सेन्टरको सञ्चालन गर्ने पक्षमा छौं ।

मन्त्री अधिकारीले सरकारले नयाँ राष्ट्रिय स्वास्थ्य नीति–२०७१ पारित गरेको जानकारी गराउँदै आगामी दिनमा सर्वसाधारण जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा तथा सुविधाका कार्यक्रमहरु तर्जुमा गरेको बताए । उनले भने–हामीले स्वास्थ्य सेवा सुविधालाई प्रभावकारी बनाउन नीजी, सरकारी तथा सामुदायिक क्षेत्रलाई आत्मनिर्भर बनाउने भएका छौं ।

ग्रामिण भेगसम्म सेवा सुविधा पु¥याउने हेतुले करिव दुई हजार जनसङ्ख्या भएको क्षेत्रमा पनि चिकित्सकहरुको टोली पु¥याउने पनि नयाँ नीतिमा उल्लेख भएको उनले जानकारी दिए । क्यान्सर, मुटु र किड्नी जस्ता रोगको उपचारमा सहज बनाउन सरकारले उपचार खर्च वापत ५ लाख दिने समेत व्यवस्था गरेको मन्त्री अधिकारीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us