काठमाण्डु, १६ साउन– एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सुरक्षा व्यवस्था प्रभावकारी
बनाउन सरकारसँग माग गरेका छन् ।
व्यवस्थापिका–संसदको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले मोदीको सुरक्षामा कुनै खेलबाड हुन नदिन सरकार सचेत हुनुपर्ने बताएका हुन् ।
सुरक्षाको जिम्मेवारी हेर्ने गृह मन्त्रालय ओलीकै पार्टी एमालेमा उपाध्यक्ष बामदेव गौतम छन् । ओलीले मोदी भ्रमणबाट नेपालले अमिकतम लाभ लिनुपर्ने बताए ।
मोदी भारतले सहमतिको हात बढाएका बेला भ्रमणबाट नेपालले बढीभन्दा बढी लाभ लिनुपर्ने उनको भनाइ छ । मोदी भ्रमणबाट नयाँ इतिहास रच्न सक्नुपर्ने उनले दाबी गरे ।
‘भारतले सहमतिको हात बढाएको छ’, ओलीले भने, ‘नरेन्द्र मोदीको भ्रमणलाई अधिकतम उपयोग गर्नुपर्छ ।’ ओलीले सीमा र डुवानजस्ता समस्या सामान्य भएको दाबी गरे ।
उनले त्यस्ता समस्याको कुटनीतिक माध्यमबाट समाधान खोज्नुपर्ने उल्लेख गरे ।