सप्तरी, १६ साउन – सप्तरीमा एक महिलाले श्रीमान नभएको मौका छोपी जवरजस्ती गर्न खोज्ने पुरुषको लिङ्ग काटिदिएकी छन् ।
५० बर्षीय रामकृष्ण मण्डलले छिमेकी ३५ वर्षकी महिलालाई जवरजस्ती गर्न खोजेका थिए ।
उनले ईलाका प्रहरी कार्यालय हनुमान नगरमा प्रमाणका लागि आफूले सप्तरीको २ नम्बर जोगवनीया १ बस्ने मण्डलको लिङ्ग काटेको बयान दिएकी छिन् ।
प्रहरी नायव निरिक्षक बोदन प्रधानका अनुसार पहिला पनि यस्ता घटना भएको र गाउँलेले मिलाउन खोजेका थिए । तर, गाउँले र प्रहरीले प्रमाण खोजेकाले महिलाले लिङ्ग काटेको हुन सक्ने प्रहरीको अनुमान छ ।
घाइते मण्डलको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । महिलालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।