राष्ट्रिय हितविपरीत भारतसँग सम्झौता हुँदैन: कोइराला

काठमाण्डु टुडे २०७१ साउन १५ गते १४:२८ मा प्रकाशित

काठमाण्डु, १५ साउन– प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय हितविपरीत सन्धि सम्झौता नहुने स्पष्ट गरेका छन् ।

Sushil-Koirala
कोइरालाले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई अवसरका रुपमा लिने तर राष्ट्रिय हितविपरीत सम्झौता नहुने बताए ।

भारतसँग हतारमा विद्युत व्यापार सम्झौता नगर्न माग गर्दै ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका नेकपा–माओवादीसहित ३३ दलका प्रतिनिधिसँग मुलुकको हितविपरीत कुनै सम्झौता नहुने बताएका हुन् ।

कोइरालाले भेटमा राष्ट्रिय सहमति जुटेका विषयमा मात्र सहमति हुने बताएको प्रधानमन्त्रीका प्रेस संयोजक अधिकारीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us