कालिकोट, ११ साउन– नेकपा–माओवादी कालिकोटकी नेतृ गोरीकला विश्वकर्माको भीरबाट लडेर मृत्यु भएको छ ।
माल्कोट–४ स्थित देउमाडु भीरमा घाँस काट्दै गरेकी उनको टेकेको ढुंगा पल्टिँदा बिहीबार मृत्यु भएको हो ।
नेकपा–माओवादी कालिकोटकी सहसचिव उनी यसअघि जिल्ला इन्चार्ज थिइन्.। माओवादी भेरी कर्णाली राज्य समिति इन्चार्ज माओवादी पोलिट्ब्युरो सदस्य खड्गबहादुर विककी बहिनी हुन् ।