फुजेल हत्याका आरोपी निर्दोष सावित

काठमाण्डु टुडे २०७१ साउन १५ गते १४:११ मा प्रकाशित

चितवन, १५ साउन– गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या आरोपमा पक्राउ परेका तीन जना धरौटीमा रिहा भएका छन् ।

फुजेलकै हिलाल अधिकारी, कालिप्रसाद अधिकारी र मेघनाथ पौडेल जिल्ला अदालत चितवनको आदेशमा बिहीबार धरौटीमा छुटेका हुन् ।

१३ जनाविरुद्ध वारेन्ट जारी भएकामा तीन जना अदालतमा हारिजर भएका थिए । बयान लिने काम सकिएपछि जिल्ला न्यायाधीश विनोदमोहन आचार्यको इजलासबाट थुनछेक आदेशपछि उनीहरु रिहा भएका हुन् ।

हिललालले २७ हजार र कालिप्रसाद र मेघनाथ २०/२० हजार धरौटी बुझाएर रिहा भएका हुन् । अदालतले उनीहरु घटनामा संलग्न रहेको भन्ने आधार  नदेखिएको जनाएको छ । १३ मध्ये यसअघि ३ जना अदालतको आदेशमा रिहा भइसकेका छन् ।

अधिकारीको चितवनको जयमंगलामा २४ जेठ २०६१ मा हत्या भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us