डिआइजी भण्डारीलाई निलम्बन गर्न अख्तियारको निर्देशन

काठमाण्डु टुडे २०७१ साउन १५ गते ८:३५ मा प्रकाशित

काठमाण्डु , १५ साउन – प्रहरी नायब महानिरीक्षक(डिआइजी) गोपाल भण्डारीलाई घुस लिएको आरोपमा निलम्बन गर्न अख्तियारले निर्देशन दिएको छ ।

akhtiyarअख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई डिआइजी भण्डारीलाई तत्काल निलम्बन गर्न बिहिबार सिफारिश गरेको हो ।

भण्डारीमाथि घुस लिएको उजुरीमाथि छानबीन गर्दा पुष्टि हुन आएकाले उनलाई पदमा बहाल राख्दा प्रमाण नष्ट गर्न सक्ने भएकाले निलम्बन गर्न भनिएको अख्तियार स्रोतले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुख रहँदा उनले भारु ९ लाख , २ लाख ५० हजारको रिचार्ज कार्ड , ५ आइफोन र ७ ल्यापटप ग्राहकसँग घुस लिएको आरोप लागेको छ ।
डिआइजी भण्डारी हाल प्रहरी प्रधान कार्यालयमा कार्यरत छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us