अख्तियारद्धारा वीर अस्पतालमा छापा

काठमाण्डु टुडे २०७१ साउन १५ गते ६:३५ मा प्रकाशित

काठमाण्डु , १५ साउन – वीर अस्पतालमा अख्तियारले छापा मारेको छ ।

akhtiyarआर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले छापा मारेको हो ।

वीर अस्पतालभित्र आर्थिक अनियमितता र भ्रष्टाचारको उजुरीसमेत परेकाले अख्तियार सक्रिय भएको हो । उजुरी परेका सम्बद्ध शाखाबाट आवश्यक कागजात तथा फाइलहरु अख्तियारले कब्जामा लिएको स्रोतले जनाएको छ ।

छापा मार्दा भेटिएका कागजातको आधारमा आवश्यक कारवाही थालिने अख्तियार स्रोतले बताएको छ ।

वीर अस्पतालमा गत हप्तादेखि इमरजेन्सी सेवा बाहेक सबै प्रकारका सेवा ठप्प छन् ।

कर्मचारी नियुक्ति र आर्थिक अनियमितताको मुद्धा उठाएर आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us