धुन्चे, १५ साउन– रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नारायण दलको भण्डारण कक्षमा एक जवानको रहस्यमय मृत्यु भएको छ ।
उनी ब्यारेकभित्रको भण्डारणकक्षमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार उनको मृत्युको कारण खुल्न सकेको छैन ।
यस्तै जिल्लाकै हाकु–६ का १३ वर्षीय ठूले तामाङले झुण्डिएर आत्महत्या गरेका छन् । उता राम्चे–८ का ५८ वर्षीय टेकबहादुर तामाङलाई स्थानीय ठाडोखोलाले बगाउँदा मृत्यु भएको छ ।