काठमाण्डु, १५ साउन– एकीकृत नेकपा माओवादीले भारतसँग हुने भनिएको विद्युत व्यापार सम्झौता पिटिए नेपालको हितमा रहेको निष्कर्ष
निकालेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा बिहान बसेको स्थायी समिति बैठकले विद्युत व्यापार सम्झौता नेपालको हितमा रहेको भन्लै भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सम्झौता गनुपर्ने निष्कर्ष निकालेको हो ।
स्थायी समिति सदस्य अग्नि सापकोटाले सन्धि सम्झौता गर्दा मुलुकको हितलाई केन्द्रमा राख्नुपर्ने बताए । उनले उर्जा विकास सम्झौता पिडीए भने तत्काल गर्न नहुने निष्कर्ष बैठकले निकालेको जानकारी दिए । त्यसका लागि वृहत गृहकार्य जरुरी रहेको उनको भनाइ थियो ।