सरकार र वीरका चिकित्सकबीचको वार्ता विफल

काठमाण्डु टुडे २०७१ साउन १५ गते ५:३२ मा प्रकाशित

काठमाण्डु, १५ साउन– सरकार र आन्दोलनरत वीर अस्पतालका आवासीय चिकित्सकबीचको वार्ता बिनानिष्कर्ष सकिएको छ ।

स्वास्थ्य मन्त्री  खगराज अधिकारी र आन्दोलनरत चिकित्सकबीच समस्या समाधानको प्रयासमा बिहान भएको वार्तामा कुरा मिल्न नसकेको हो । वार्ताका क्रममा वास्थ्यमन्त्री अधिकारीले अआन्दोलन रोकेर सेवा सुचारु गराउन आग्रह गरेका थिए ।

आवासीय चिकित्सक संघका अध्यक्ष मंगल रावलले सरकार समस्या समाधानमा गम्भीर नेदेखिएको आरोप लगाए ।

उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा उपकुलपतिसहित पदाधिकारी नियुक्ति गर्ने तत्परता देखाए पनि बिरामीलाई राम्रो उपचार सुविधा दिने विषयलाई मन्त्री अधिकारीले गम्भीरतापूर्वक नलिएको उल्लेख गरे ।

पाँच दिनदेखि आवासीय चिकित्सक आन्दोलनमा उत्रिएपछि वीर अस्पतालको उपचार सेवा प्रभावित भएको छ ।
यसैबीच पाटन अस्पताल, कान्ति बाल अस्पताल, तिलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल, नेपाल आर्मी अस्पताल र गंगालाल हृदयरोग केन्द्रका आवासीय चिकित्सकले समेत वीरका चिकित्सको आन्दोलनप्रसित ऐक्यबद्धता जनाएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us