झापा , १४ साउन – साउनको दोस्रो साता बित्दा पनि पानी नपरेपछि झापाका किसानले भ्यागुताको बिहे गरेका छन् ।
कन्काइ नगरपालिका–१ दुर्गापुरस्थित दुर्गा मन्दिरमा पानी पर्र्ने आशमा किसानले भव्यरुपमा भ्यागुताको बिहे गरेका हुन्।
कन्काइ नगरपालिका–१ को बेहुला भ्यागुता र ७ की बेहुली भ्यागुताबीच सोही स्थानका किसान भेला भएर विवाह गराएका हुन् ।
किसानले पानी पार्न प्राकृतिक शान्तिका लागि बरण देवताको पूजा, सन्सारी माईको पूजा, नाग नागिनीको पूजा, चण्डी पाठ, ईन्द्र देवताको पूजा गर्नुको साथै एक हजार आठवटा पिपलको पातमा ‘ऊँ कम बरणाय नमः’ लेखी सेलाइएको थियो ।
विभिन्न देवीदेवताको पूजा गरेर भ्यागुताको बिहे गर्दा ईन्द्र खुसी भएर पानी पर्छ भन्ने धार्मिक विश्वासले पण्डित टङ्कमणि काफ्ले विवाह सम्पन्न गरेका स्थानीय कृषक यशोदा भट्टराईले बताइन् ।
विवाहको संयोजन दुर्गा मन्दिर व्यवस्थापन समितिले गरेको थियो । रासस